Shopping Cart
Your shopping cart is empty!

नेपालका टप १५ प्लस टु कलेजहरु

By Pb Kc
Sep 10, 2024
6 min read

एसइई को रिजल्ट आए सँगै थप अध्ययनको लागि विद्यार्थीहरू नेपालका टप प्लस टु कलेजहरूको खोज गर्न थाल्दछन् । प्राय विद्यार्थीहरूले सर्च गर्ने प्लस टु कलेज मुख्यतः काठमाण्डौं उपत्यका पर्दछ भने त्यस पछि अन्य मुख्य मुख्य सहरहरू पर्दछन् । यो समयमा देशभरका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरूले विद्यार्थीहरू लाई स्वागत गर्न विभिन्न सूचनामूलक कार्यक्रमहरू गर्दछन् । आ आफ्नो शैक्षिक संस्थाको गुणस्तरमा अभिवृद्धि गर्न लागि परेका छन् । हुन त यस्ता क्रियाकलापमा नलागे दुवै सामुदायिक र संस्थागत शैक्षिक संस्थाहरू सिङ बिनाको गोरु जस्तै हुनेछन् । तर हाम्रो खोज तथा अध्ययन बाट त्यस्ता किसिमका प्लस २ कलेजहरू भेट्न मुस्किल पर्दछ । सामुदायिक र संस्थागत शैक्षिक संस्थाहरूमा आ आफ्नो क्षमता अनुसार विद्यार्थी भर्ना गरेका छन् जसलाई सन्तोष जनक मानिन्छ । 

नेपाल एक यस्तो देश हो जहाँ, स्वयम प्रकृतिले नै अमूल्य अध्ययन अनुसन्धानको लागि रिसर्च ल्याब दिएको छ । नेपाल केही विषयमा विश्व कै टप शैक्षिक गन्तव्य बन्न सक्दछ भन्ने नारा सहित नेपालको शैक्षिक क्षेत्रमा योगदान दिइरहेका संस्थागत प्लस टु कलेजहरूलाई थप हौसला प्रदान गर्ने हेतु र नेपालले पनि अन्य मुलुक सरह गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भन्ने सन्देश प्रवाह हेतु सर्च अल नेपालले टप १५ प्लस २ कलेजको मूल्याङ्कन गरेको छ । मुख्यतः छनौटको आधारमा हामीले राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा हासिल गरेको नतिजा, समयानुकूल आधुनिक तथा प्रविधियुक्त पुर्वाधारहरुको निमार्ण र उक्त शैक्षिक संस्थामा विदेशी विद्यार्थीहरूले अध्ययन गरेको सङ्ख्या लगायत गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि आवश्यक सम्पूर्ण मापदण्डहरूलाई मध्यनजर गरी सहभागिताहरू मध्य बाट टप १५ प्लस टु को छनौट गरिएको हो ।

 

नेपालका प्राय शैक्षिक संस्थाहरूले आजकल अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रदान गर्ने हेतुले समयानुकूल शिक्षक तथा अन्य कर्मचारीहरूलाई समय समयमा तालिम प्रदान गर्दे आइरहेका छन् । कहिले काहीँ विदेशी प्रोफेसर तथा शिक्षाकर्मी ल्याई विश्वव्यापी शिक्षण सिकाइमा थप टेवा दिइरहेका छन् । विदेशबाट आर्जन गरेको शिक्षा, ज्ञान, सिप तथा प्रविधि आ आफ्ना शैक्षिक संस्थाहरूमा भित्राउन नेपाली शिक्षाकर्मीलाई नै रोजगार दिन आँ तुर छन् । जसले गर्दा नेपालीहरू विदेशमा अध्ययन गरी नेपालमै फर्कने वातावरण तय हुदैछ । यस्तै नेपालका प्राय शैक्षिक संस्थाहरूमा पाठ्य पुस्तकको मात्र अध्यापन नगराई  अतिरिक्त ज्ञान, सिप, संस्कार, व्यवहार र प्राविधिक अध्यापन पनि गराइन्छ । 

सर्चअल नेपालको नेपालका टप १५ प्लस टु कलेज भित्र समावेश भएका शैक्षिक संस्थाहरूले समग्रमा निम्न लिखित कार्यहरू गरेका छन् । यी शैक्षिक संस्थाहरूले केही सङ्ख्यामा विदेशी विद्यार्थी भर्ना गराउन सफल भई विश्व बजारमा बिक्ने शिक्षा प्रदान गर्ने तर्फ अग्रसर रहेका छन् । आधुनिक तथा उच्च प्रविधि सहितको भवन, कक्षा कोठा, ल्याबहरू, खेलकुद क्षेत्र, अध्यापन गराउने शिक्षकहरू र अतिरिक्त क्रियाकलापहरू अन्तर्राष्ट्रिय स्तर भन्दा कम छैन । संस्कार सहितको व्यवहारिक सिप पनि सिकाउँदै आएका यी कलेजहरूले प्राय विद्यार्थीहरुको मन जित्न सफल भएका छन् । परीक्षा नियन्त्रण कार्यालयको परीक्षामा उच्च अङ्क ल्याउन सफल भएका छन् । यस्तै एमबिबिएस र इन्जिनियरिगंमा धेरैले नाम निकाल्न सफल भएका छन् भने विदेशी विश्वविद्यालयमा धेरै भन्दा धेरै छात्रवृत्ति ल्याउन सफल भएका छन् । यी कलेजहरूले कम्तीमा ५० प्रतिशत भन्दा धेरै छात्रवृत्ति पाउन सफल भएमा मात्र विदेश जानको लागि सिफारिस दिने गर्दछन् । प्लस टु पछिको अध्ययन सँगै रोजगारीको लागि पनि यी कलेजहरूले विद्यार्थीलाई अविभावकीय भूमिका खेल्दै छन् । सरकारी मापदण्ड अनुसारको शैक्षिक शुल्कमा जेहेन्दार, गरिब तथा असहाय विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरेका छन् । 

नेपालका टप १५ प्लस टु कलेजहरू

१. काठमाण्डौं मोडेल कलेज (बागबजार), काठमाडौँ

काठमाण्डौंको बागबजारमा अवस्थित काठमाण्डौं मोडेल कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको पहिलो नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा साइन्स, म्यानेजमेन्ट र ल विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ ।

२. लर्निगं रिआल्म ईन्टरनेशनल (एल आर आई), कलंकी, काठमाण्डौं

काठमाण्डौंको कलंकीमा अवस्थित एल आर आई प्लस टु कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको दोस्रो नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान, व्यवस्थापन र कानुन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ ।

३. लिटिल एञ्जलस, हात्तिवन, ललितपुर

ललितपुरको हात्तिवनमा अवस्थित लिटिल एञ्जलस प्लस टु कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको तेस्रो नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान र व्यवस्थापन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

४. काठमाण्डौं मोडेल कलेज, बालकुमारी, ललितपुर

ललितपुरको बालकुमारीमा अवस्थित काठमाण्डौं मोडेल कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको चौथो नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान, व्यवस्थापन र कानुन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

५. भि एस निकेतन, मिनभवन, काठमाण्डौं

काठमाण्डौंको मिनभवनमा अवस्थित भि एस निकेतन कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको पाँचौँ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान र व्यवस्थापन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

६. नामी ईन्टरनेशनल, जोरपाटी, काठमाण्डौं

काठमाण्डौंको जोरपाटीमा अवस्थित नामी ईन्टरनेशनल कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको छैठौ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान र व्यवस्थापन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

 

७. जेभिएर ईन्टरनेशनल कलेज, कालोपुल, काठमाण्डौं

काठमाण्डौंको कालोपुलमा अवस्थित जेभिएर ईन्टरनेशनल कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको सातौँ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

 

८. किष्ट कलेज, कमलपोखरी, काठमाण्डौं

काठमाण्डौंको कमलपोखरीमा अवस्थित किष्ट कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको आठौँ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान र व्यवस्थापन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

 

९.अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, गैँडाकोट, नवलपुर

नवलपुरको गैँडाकोटमा अवस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको नवौ नम्बरमा पर्न सफल भएको छ । मोफसलमा पनि यस्ता किसिमका कलेजहरू धेरै छन् भन्ने सन्देश यस शैक्षिक संस्थाले बताउन खोजेको छ । यस कलेजमा विज्ञान र व्यवस्थापन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

 

१०. नोबेल एकेडेमी, नयाँ बानेश्वर, काठमाण्डौं

काठमाण्डौंको नयाँ बानेश्वरमा अवस्थित नोबेल एकेडेमी सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको दशौँ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान, व्यवस्थापन र फाईन आर्ट्स विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

 

११. हिमालय कलेज, कोटेश्वर, काठमाण्डौं

 

काठमाण्डौंको कोटेश्वरमा अवस्थित हिमालय कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको एघारौँ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान, व्यवस्थापन, कानुन, फेशन डिजाईनिगं, एजुकेसन र फाईन आर्ट्स विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ ।

 

१२. मोर्गन ईन्टरनेशनल कलेज, बसुन्धारा, काठमाण्डौं

 

काठमाण्डौंको बसुन्धारामा अवस्थित मोर्गन ईन्टरनेशनल कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको बाह्रौँ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान, व्यवस्थापन र कानुन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

 

१३. जया मल्टिपल क्याम्पस, जोरपाटी, काठमाण्डौं

काठमाण्डौंको जोरपाटीमा अवस्थित जया मल्टिपल क्याम्पस सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको तेह्रौँ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान व्यवस्थापन, मानविकी र कानुन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

 

१४. नासा कलेज, तीनकुने, काठमाण्डौं 

काठमाण्डौंको तीनकुनेमा अवस्थित नासा कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको चौधौँ नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान र व्यवस्थापन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ । 

१५. नाईटिगेल कलेज, कुपोण्डोल, ललितपुर

ललितपुरको कुपोण्डोलमा अवस्थित नाईटिगेल कलेज सर्च अल नेपालको टप १५ प्लस टु कलेज वरियताको पन्ध्र नम्बरमा पर्न सफल भएको छ । यस कलेजमा विज्ञान, व्यवस्थापन र कानुन विषयका कार्यक्रमहरू पढाई हुने गर्दछ ।

WhatsApp