सस्थागत विद्यालयका संचालकहरुको संगठन प्याप्सन केन्द्रिय कमिटि र डिजिटल एण्ड बियोण्ड प्रालि को सहकार्यमा विद्यालय शिक्षालाइ डिजिटल प्रविधियुक्त बनाउने उदेश्यले एक्स्परिएन्स एआइ लन्च प्रोग्राम इन्द्रेणी ब्याङ्क्वेट नया बानेस्वरमा सम्पन्न भयो । कार्यक्रममा काठमाडौ उपत्यका र वरपरका प्याप्सन सदस्य बिद्यालयका संचालक,प्रिन्सिपलहरुको उपस्थिति थियो।
एक्स्परिएन्स एआइ लन्च प्रोग्राम नाम दिएर आयोजना गरिएको कार्यक्रमको उदेस्य माथि प्रकाश पार्दै केन्द्रिय प्याप्सनका अध्यक्ष डि के ढुङ्गानाले शिक्षामा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने आवाश्यकता औल्याउदै एआइ सम्बन्धि साक्षरता तालिम शुरुमा शिक्षकहरुलाई दिने र तालिम लिएका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुलाई साक्षर बनाउनु पर्ने बताए। उनले भने ७ महिना भित्र सदस्य विद्यालयका दुइसय शिक्षकहरुलाई एआइ सम्बन्धि साक्षरता तालिम दिई सक्ने र ति शिक्षक मार्फत चौधहजार विद्यार्थीहरु लाभान्वित हुने छन्। त्यस्तै यो कार्यक्रमबाट आउने बर्ष भित्रमा एकहजार बिद्यालय र तिन हजार शिक्षक एआइ प्रविधिमा दक्ष भै सक्ने र केहि बर्ष भित्रमा सम्पूर्ण शिक्षक र विद्यार्थी गुगल युगको विश्वमा अभ्यस्त भैसक्ने उनको बुझाइ छ। उनले अगाडि भने प्याप्सनका सदस्य विद्यालयहरु डिजिटल प्लेटफर्ममा गैसकेको हुदा यो कार्यक्रम सहज अगाडि बढ्ने छ।
कार्यक्रमको शुरुआतमा डिजिटल एण्ड बियोण्ड प्रालिका सी इ ओ सगुन ढुंगानाले यो एउटा फ़ण्डेड कार्यक्रम भएकोले पूर्ण निशुल्क हुने बताए। ए आइ लाइ शिक्षामा भरपुर प्रयोग गर्न शिक्षक तथा विद्यार्थीहरुलाई दक्ष बनाउनको लागि आफुहरुले कार्य गरिरहेको बताए।